शुक्रबार, जेठ ४, २०८१

नेपालले इराकसँग जेठमा मैत्रीपूर्ण खेल खेल्ने

नेपालखोज २०७८ वैशाख १६ गते २२:०८

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपालले जेठमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जनाएको छ ।

इराकको बास्रा अन्तराष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण खेल जेठ १५ (मे २९) मा हुनेछ । नेपालले हालसम्म इराकसँग ३ पटक खेलिसकेको छ । नेपालले तीनै खेल गुमाएको छ ।

पछिल्लो पटक नेपालले विश्वकप छनोटमा इराकसँग सन् २००१ को अप्रिल २३ मा खेलेको थियो । जुन खेलमा नेपाल ४-२ ले पराजित भएको थियो । विश्वकप छनोट अन्तर्गत नै २००१ को अप्रिल १४ मा भएको खेलमा नेपाल ९-१ ले पराजित भएको थियो ।

विश्वकप छनोट खेलिरहेको इराकले तयारीका लागि नेपालसँग मैत्रीपूर्ण खेलको प्रस्ताव गरेको हो । जुन प्रस्ताव नेपालले स्वीकार गरेको हो । फिफा वरीयतामा इराक ६८ स्थानमा रहेको छ भने नेपाल १७१ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया