कोरोना सङ्क्रमित जोगाउन हेलिकप्टर चार्टर
नेपालखोज
२०७८ वैशाख १७ गते २:००

रुकुम पश्चिम । रुकुम पश्चिममा कोरोना सङ्क्रमित एक व्यक्तिको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । आठबीसकोट नगरपालिकाका ४४ वर्षीय पुरुषलाई बिहीवार दिउँसो हेलिकप्टरमार्फत काठमाण्डौको महाराजगञ्जमा रहेको प्रहरी अस्पताल ल्याइएको हो ।
केही दिनदेखि बिरामी भएका ती पुरुषलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई चार लाख रुपैयाँमा हेलिकप्टर चार्टर गरेर काठमाडौं ल्याइएको हो ।
सङ्क्रमितको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि रेफर गरिएको आठबीसकोट नगरपालिकाका स्वास्थ्य संयोजक मणिराज शाहले बताए । लामो समयदेखि सुधार नभएपछि बाहिर रेफर गरिएको र व्यक्तिगत रूपमा हेलिकप्टर चार्टर गरेर बिरामी काठमाडौं लगिएको संयोजक शाहले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया