प्रधानमन्त्री ओली र रुसी राजदूत नोभिकोभबीच भेटवार्ता

नेपालखोज २०७८ वैशाख १७ गते ११:०१

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार नेपालका लागि रुसी महासंघका राजदुत अलेक्सेई नोभिकोभले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड विरुद्धको खोप (स्पुतनिक भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदुत नोभिकोभलाई आग्रह गरेका थिए ।

जवाफमा राजदुत नेभिकोभसहितका प्रतिनिधिहरुले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका थिए ।

भेटमा दुई पक्षीय सम्बन्धका अन्य आयाम माथि चर्चा भएको थियो । भेटमा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासहरुलाई थप गति दिने बारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया