खानेपानीमन्त्री थापालाई काेराेना सङ्क्रमण

नेपालखोज २०७८ वैशाख १७ गते १३:५०


काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ । उनको पीसीआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उनको स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए ।

मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई सङ्क्रमण भएपछि उनको हिजो स्वाब सङ्कलन गरिएको थियो । उनकी छोरीलाई चार दिनअघि सङ्क्रमण भएको थियो ।

मन्त्रीसहित सचिवालयमा काम गर्ने १० जनाको पिसिआर परीक्षण गर्दा कसैलाई सङ्क्रमण देखिएन ।

उनका अनुसार मन्त्री थापालाई अहिले सामान्य रुघाखोकी लागेको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई सङ्क्रमण भएको थियो ।

प्रतिक्रिया