गण्डकी प्रदेशमा पनि २ जना कोरोना संक्रमितको मृत्यु
नेपालखोज
२०७८ वैशाख १७ गते १५:४५

कास्की । गण्डकी प्रदेशमा पनि शुक्रवार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा पोखरा महानगरपालिका–६ का ८२ वर्षीया संक्रमित महिलाको र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको मृत्यु भएको बताइएकाे छ ।
यसकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिएका हुन् ।
याे तथ्यांक सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२३ पुगेको हाे ।
सम्बन्धित
प्रतिक्रिया