पेन्सनपट्टा असारसम्म स्वतः नवीकरण गरिदिने
नेपालखोज
२०७८ वैशाख १७ गते १६:०२

काठमाडाैं । सरकारले काेराेना प्रकाेपमध्यनजर गर्दै पेन्सन पाकेकाहरुको पेन्सनपट्टा असारसम्म स्वतः नवीकरण गरिदिने भएको छ।
यसअघि ६÷६ महिनामा निवृत्तिभरण (पेन्सन) नवीकरण गर्नुपर्ने व्यवस्था रहेकाे थियाे । काेराेनाकाे फैलँदाे रूपलाई मध्यनजार गरी असारसम्मलाई निवृत्तिभरण कार्यालयले स्वतः नवीकरण गरिदिने भएको हो।
महालेखा नियन्त्रक मधु मरासिनीका अनुसार निवृत्तिभरण प्राप्त गर्ने सरकारी सेवा निवृत्त व्यक्तिहरुको पेन्सन असार मसान्त २०७८ सम्मको लागि बैंकमा स्वयं उपस्थित भइरहन नपर्ने भएको हो। उनले निवृत्तिभरण कार्यालयले नै उनीहरुको स्वतः नवीकरण गरिदिने प्रबन्ध मिलाएको बताएका छन्।
सम्बन्धित

प्रतिक्रिया