बिहीबार, वैशाख १३, २०८१

निफ्रा पनि आरटीजीएस प्रणालीमा

नेपालखोज २०७८ वैशाख १७ गते १८:३७



काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि (निफ्रा) ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबारहरु संचालन गर्न थालेको छ । यसका निम्ति कनेक्ट आरटिजिएस प्रणालीमा निफ्रालाई एनएचसीएलले आवद्ध गराएको हो ।

नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ बैंक वित्तिय संस्थाहरुले प्रयोग गर्दै आएको सो प्रणालीमा निफ्रा पनि जोडिएको हो । यो सँगै दुुई लाख भन्दा माथिका भुक्तानीहरु तत्काल गर्न सकिने हुँदा यसले निफ्राको फण्ड म्यानेजमेन्ट थप सहज हुने अपेक्षा गरिएको छ ।

एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न कनेक्ट प्रणाली प्रदान गरेको हो जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणाली सँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिग्रेट गरिएको छ ।

प्रतिक्रिया