बुधबार, वैशाख १७, २०८२

जनताबीच पुग्न भारतीय प्रधानमन्त्रीको मन्त्रीहरुलाई निर्देशन

नेपालखोज २०७८ वैशाख १७ गते २३:५५

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संघीय मन्त्री परिषद्को बैठकमा सरकारको सबै अङ्ग एकजुट र द्रूतरूपमा काम गरिरहेको बताएका छन्।

कोभिड–१९ को दोस्रो लहरले पैदा गरेको अवस्थालाई सामना गर्न जनताको बीचमा पुगेर काम गर्न उनले बैठकमा उच्चपदस्थ कर्मचारी तथा मन्त्रीहरूलाई निर्देशन दिए ।

उनले मन्त्रीहरुलाई आ–आफ्नो क्षेत्रका मानिसहरुसंग सम्पर्कमा रहन, मद्दत गर्न र उनीहरूको सुझाव लिन पनि आग्रह गरेको उनको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीले स्थानीय स्तरमा समस्याहरु तुरुन्त पहिचान गरी सम्बोधन गर्न सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् । भिडियो सम्मेलनको माध्यमबाट बसेको बैठकमा केन्द्रीय मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सचिव र क्याबिनेट सचिव पनि उपस्थित थिए ।

प्रतिक्रिया