बुधबार, वैशाख १७, २०८२

भारतमा एकैदिन ४ लाख बढीमा संक्रमण

नेपालखोज २०७८ वैशाख १८ गते ७:३९

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणदर दैनिक बढिरहेको छ । भारतमा पहिलो पटक कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख २ हजार ११० जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा संक्रमितको दैनिक संख्या ३ लाख नाघेको १०औँ दिनमा ४ लाख पुगेको हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ९१ लाख ५७ हजार ९४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५६ लाख ७३ हजार ३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ छ ।

यस्तै त्यहाँ एकैदिन ३५ सय २२ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा मृतक संख्या २ लाख ११ हजार ८ नाघेको छ ।

प्रतिक्रिया