देशभर आंशिकदेखि सामान्य बद्ली, काठमाडौंसहित केही ठाउँमा वर्षाको सम्भवना
नेपालखोज
२०७८ वैशाख १८ गते ८:४३

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशखाका अनुसार आज पनि बेलुकीपख काठमाडौं उपत्यकासहित देशका केही ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार अहिले प्रदेश-१ र सुदूरपश्चिमका केही ठाउँहरुमा मौसम बद्ली भइ चट्याङ्ग परिरहेको छ ।
आज दिनभरजसो नै देशभर आंशिकदेखि सामान्य बद्ली रहनेछ । बेलुकीपख भने काठमाण्डौ उपत्यकासहित पहाडी र तराईका केही थोरै ठाउँहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आज राति पनि प्रदेश-१ लगायत पहाडका केही ठाउँमा मेघगर्जनरचट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ। आउँदो तीन दिनसम्म नै देशका पहाडी ठाउँहरुमा मौसम बद्ली भइ पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया