बुधबार, वैशाख १२, २०८१

एन आई सी एशिया बैंकको ‘एकिकृत हेल्प डेक्स’

नेपालखोज २०७८ वैशाख १८ गते १७:२६


काठमाण्डौं । अत्यावश्यक बैंकिङ्ग सेवाको लागि एन आई सी एशिया बैकले ‘एकिकृत हेल्प डेक्स’सेवा सञ्चालनमा ल्याएको छ ।
मुलुकभर फैलिएको कोभिड-१९ को दोस्रो लहरबाट सिर्जित असहज अवस्थालाई नियन्त्रण गर्न स्थानीय प्रशासनबाट देशका विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी गरेको अवस्थामा बैंकले आफ्ना ग्राहकहरूलाई सहज रुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउनका लागि ‘एकिकृत हेल्प डेक्स’ को सेवा सञ्चालन गरेको जानकारी दिएको छ ।

यो असहज परिस्थितीमा ग्राहकहरूलाई बैंकले अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको हो, बैंकले बिज्ञप्ती मार्फत जनाएकोे छ ।

बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहकहरूले बैंकको डिजिटल माध्यमहरू (मोबाइल,इन्टरनेट बैंकिङ्ग, वेबसाइट तथा आईसर्भ) को माध्यमबाटै आफूलाई आवश्यक पर्ने अधिकतम बैंकिङ्ग सेवाहरू लिन सक्ने छन् ।

उक्त डिजिटल माध्यमहरूबाट सेवा लिन कठिनाइ भएमा वा सेवा सम्बन्धी गुनासो भएमा वा कुनै जानकारी लिनु परेमा ग्राहकहरूले बैंकले खटाएका उक्त सेवासम्बन्धी विज्ञ अधिकृतहरूलाई सम्पर्क गरी सजिलै एवं यथासिघ्र समाधान पाउन सक्ने छन् ।

बैंकका अनुसार यो जोखिमका बेला बैंकका सेवा सम्बन्धी जानकारी लिन यो सेवा प्रभावकारी हुने बैंकले विश्वास लिएको छ । केन्द्रीय तहबाट मात्रै ग्राहकहरूको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्न सक्ने कुरालाई मध्यजनर राख्दै बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत बैङ्कको उच्च ओहोदाका कर्मचारीहरुलाई नै अग्रपंतिमा उभिएर ग्राहकहरुको सेवामा सहयोग गर्न ग्राहक सहायता केन्द्रको समेत स्थापना गरेको छ ।

प्रतिक्रिया