चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा प्रधानमन्त्रीको भर्चुअल सम्बोधन

नेपालखोज २०७८ वैशाख १९ गते ८:०२

काठमाडौं । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज मनाइँदैछ । दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

उक्त कार्यक्रमको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको हो । मन्त्रालयका अनुसार विहान ११ बजे प्रधानमन्त्री ओली भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका हुन् ।

दिवसकै अवसरमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुभकामना सन्देश जारी गरेका छन् । मन्त्री गुरुङले आधुनिक युुगको मागअनुसार हरेक क्षेत्रलाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्दै “समृद्ध नेपालः सुुःखी नेपाली”को राष्ट्रिय संकल्पलाई पूरा गर्नेतर्फ सरकारले लक्ष्य लिएको जानकारी दिए ।

मन्त्री गुरुङले सूचना प्रविधि मैत्री नेपाल निर्माणका लागि सरकारले अनलाइनबाटै सबै सरकारी सेवा नागरिकलाई प्रदान गर्न ‘नागरिक एप’ सञ्चालनमा ल्याएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया