आइतबार, वैशाख २३, २०८१

रुविना दिलैक भइन् कोरोना संक्रमित

नेपालखोज २०७८ वैशाख १९ गते १२:१६

काठमाडौं । सलमान खानको चर्चित रियलिटी–शो ‘बिग बोस–१४’ की विजेता रुविना दिलैकलाई पनि कोरोना संक्रमण भएको छ । रुविना दिलैक आफैले सोसल मिडियामार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । आफूलाई कोरोना संक्रमण भएसँगै रुविनाले केही दिन अगाडिसम्म आफ्नो सम्पर्कमा रहेका सम्पूर्णलाई कोरोना टेष्ट गराउन अपील समेत गरेकी छन् ।

उनले सोसल मिडिया इन्स्टाग्राममा भनेकी छन्, ‘मैले सँधै सकारात्मक देख्दै आएकी छु । म पनि अब एक महिनापछि प्लाज्मा डोनेट गर्नका लागि एलिजिबल हुनेछु । कोरोना रिपोर्ट पोजेटिभ आयो । पछिल्लो ५÷दिनसम्म मेरो सम्पर्कमा रहनुभएका सम्पूर्णले पनि कोरोना टेष्ट गराउन अनुरोध गर्दछु ।’ त्यस्तै, उनले १७ दिनको लागि होम क्वारेन्टाइनमा बसेकी पनि जानकारी दिएकी छन् । कोरोना पुष्टि भएको जानकारीसँगै उनका साथी सर्कल तथा फ्यानहरुले सोसल मिडियामार्फत् रुविनाको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

प्रतिक्रिया