अमेरिकाकाे प्रहरीले लियाे हत्याकाे बदला हत्या

काठमाडाैं । अमेरिकाकाे प्रहरीले हत्याकाे बदला हत्या गरेकाे छ । अमेरिकाकाे विस्कोन्सिनमा रहेको याशवाउबेनोनमा रहेको ओनीडा नेसन क्यासिनोमा एक बन्दुकधारीले दुईजनाको हत्या गरेकाे र तेस्रो व्यक्तिलाई गम्भीर घाइते बनाइएकाेमा यसाे गरिएकाे हाे । प्रहरीले घटनास्थलमा पुगेर बन्दुकधारीलाई पनि मारेको छ ।
गोलीकाण्ड र्याडिसन होटल र कन्फरेन्स सेन्टर नजिकको क्यासिनोमा शनिवार साँझ साढे ७ मा भएको हो ।घटनामा कुनै पनि अधिकारी घाइते भएका छैनन् ।
आरोपितले घटनास्थलमा नभएका मानिसलाई तारो बनाउन खोजेको प्रहरीको भनाइ छ । आफूले मार्न चाहेको मान्छे नभेटेपछि उसका सहकर्मी र साथीलाई मारेको देखिएको ब्राउन काउन्टी शेरिफका लेफ्टिनेन्ट केभिन पावलाकले सञ्चारकर्मीहरूलाई बताए । बन्द’कधारी पनि त्यही क्यासिनोका कर्मचारी भएको हुन सक्ने देखिएको छ ।
आफूहरू क्यासिनो पुगेको केही समयपछि गोलीको आवाज सुनेको प्रत्यक्षदर्शीहरूले बताए । कारतर्फ दौडँदै गर्दा थप १५ गोली चलेको सुनेको उनीहरूले बताए । त्यसको केही समयपछि प्रहरी घटनास्थलमा आइपुगेको थियो ।
प्रतिक्रिया