तत्काल स्वास्थ्य आपतकालको घोषणा गर्न माग

नेपालखोज २०७८ वैशाख १९ गते १५:०६

काठमाडौं । न्यायका लागि मानव अधिकार संजालले तत्काल स्वास्थ्य आपतकालको घोषणा गर्न सरकारलाई आग्रह गरेका छ ।

नेपालमा कोरोना संक्रमण दैनिक बढ्दै गएको र सरकारले नै उपचारको लगि अस्पालको वेड अभाव रहेको अभिव्यक्ति दिइसकेको भन्दै नागरिकको ज्यूज्यानको रक्षाका लागि तत्काल स्वास्थ्य अपतकालको घोषणा गर्न संजालले माग गरेको हो ।

साथै संजालले नीजि स्वास्थ्य संस्थाहरुलाई समेत न्यूनतम शूल्कमा संक्रमितहरुको उपचारको गर्न आग्रह गरेको छ । संजालले आज एक विज्ञप्ती निकाल्दै यस्तो आग्रह गरेको हो ।

प्रतिक्रिया