पूर्वसांसद शिवबहादुर खड्काको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा रामेछापका पुर्व सांसद शिव बाहादुर खंड्काको निधन भएको छ ।
कांग्रेसका पुराना जुझारुक नेता, पूर्व पार्टी सभापति रामेछाप, पूर्व जिविस सभापति रामेछाप, पूर्वकेन्द्रीय सदस्य तथा नेपाली कांग्रेस संविधानसभा पूर्व सदस्य समेत रहेका खड्काको आज असामयिक निधन भएकाे हाे ।
खड्काको हृदयघातका कारण काठमाडौंमा निधन भएको हो । उनको अहिले पशुपति आर्यघाटमा दाहसंस्कारगरिँदैछ ।
त्यस्तै, खड्काको निधनप्रति कांग्रेस नेता शशांक कोइरालाले दुस्ख व्यक्त व्यक्त गरेका छन् । कोइरालाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘नेपाल विद्यार्थी संघका संस्थापक नेता एवं संविधान सभा सदस्य शिव बहादुर खड्काज्युको निधनको खबरले अत्यन्त मर्माहत बनाएको छ। दुःखको यो घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’


प्रतिक्रिया