शुक्रबार, असार २०, २०८२

नेप्से पोजेटिभ सर्किट : ५४ अंकले नेप्से बढ्दा ७ अर्ब ३६ करोडको सेयर किनबेच

नेपालखोज २०७८ वैशाख १९ गते १६:१५

काठमाडौं । निषेधाज्ञाको अवधिमा पनि नेप्से सकारात्मक देखिएको छ । नेप्से आज (आईतबार) ५४ अंकले बढेर २६ सय ६५ दशमलव १० अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ७८ अंकले बढेर ४ सय ७७ दशमलव ८१ अंकमा पुगेको छ ।

नेप्सेमा आज २ सय २६ वटा कम्पनीहरुको ८३ हजार ४ सय ४ वटा कम्पनीहरुको १ करोड ५८ लाख ३२ हजार ४ सय ३ कित्ता सेयर खरिद विक्री हुंदा कुल कारोबार रकम ७ अर्व ३६ करोड ८ लाख ५ हजार रुपैयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक १९ दशमलव ९१ अंकले बढेर १७ सय ९४ दशमलव २ अंकमा पुग्दा निर्जिवन बीमा समूहको सूचक पनि ४ सय ४८ दशमलव ७८ अंकले बढेर १३ हजार ३ सय ६८ दशमलव ४६ अंकमा पुगेको छ ।

जीवन बीमा समूहको सूचक पनि ६ सय ३२ दशमलव १८ अंकले बढेर १७ हजार ५ सय ५६ दशमलव ६६ अंकमा पुगेको छ । यि बाहेक विकास वैंक, जलविद्युत, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, लगानी कोष र लगानी समूहको सुचकहरु पनि बढेका छन् ।

आज महिला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेर ३४ सय ३७ पैसामा कारोबार हुंदा एभरेष्ट बैंकको कन्र्भटेवल प्रिफरेन्सको प्रतियुनिट सेयर मूल्य एक दशमलव ९९ प्रतिशतले घटेर सात सय ३८ रुपैयाँमा कारोबार भएको छ ।

एनसीसी बैंकको भने आज प्रतिकित्ता ३ सय ६७ रुपैयाँ अन्तिम मूल्यमा ४२ करोड २ लाख ४३ हजार ९ सय ३ रुपैयाँमा कारोबार भएको छ । एनसीसीको यो कारोबार रकम आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया