४२ सांसदको हस्ताक्षरसहित लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसीले गरे दाबी

नेपालखोज २०७८ वैशाख १९ गते १८:४२

काठमाडौं । लुम्बिनी प्रदेशमा ४२ जनाको हस्ताक्षरसहित माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले मुख्यमन्त्रीमा दाबी गरेका छन् । शंकर पोखरेल मुख्यमन्त्रीमा पुनः नियुक्ति भएको केहीबेरमै गठबन्धनका तर्फबाट केसीले ४२ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई पत्र बुझाएका हुन् ।

केसीलाई माओवादी केन्द्रमा प्रवेश गरेकी विमला वली मात्र होइन, सूर्य चुनाव चिह्‍न लिएर स्वतन्त्र रुपमा चुनाव जितेका दुई सांसद धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले पनि समर्थन गरेका छन् ।

शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त

केसीले प्रदेश प्रमखलाई बुझाएको पत्रमा भनिएको छ, ‘लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यको बहुमत प्राप्त नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्य माननीय कुलप्रसाद केसीलाई नेपालको संविधान धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्न तपसिल बमोजिमको लुम्बिनी प्रदेश सभाका सदस्यहरुको समर्थन रहेको हुँदा दबी प्रस्तुत गर्दछु ।’

प्रतिक्रिया