नेपाल सुपर लिग : पोखरा थन्डर्स र ललितपुरले गोलरहित बराबरी खेल्दै अंक बाँडे
नेपालखोज
२०७८ वैशाख १९ गते २१:५०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्स र ललितपुर सिटीले अङ्क बाँढेका छन् । यी दुई टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँढेका हुन् ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आइतवार भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि चुकेका थिए । बराबरीसँगै पोखराले चार खेलमा पाँच अङ्क जोडेको छ । पोखरा तेस्रो स्थानमा रहेको छ । ललितपुर चार खेलमा तीन अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया