दाङमा तीन बालकको शव फेला परेको घटनाको निष्पक्ष छानबिन गर्न दलित आयोगको माग

नेपालखोज २०७८ वैशाख २० गते ३:००

काठमाडौं । दाङमा भारतीय कारभित्र दलित समुदायका ३ बालकको शव फेला परेको घटनाप्रति राष्ट्रिय दलित आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार बेलुका तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित स्याउली बजारमा पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको गाडीभित्र दलित सुमदायका ३ बालकको शव फेला परेको थियो ।

उक्त शव तुल्सीपुर वडा नम्बर ६ बरुवागाउँका दलित समुदायका बालक ६ वर्षका करण परियार, ७ वर्षका सुवर्ण परियार र ९ वर्षका सन्दिप परियारको भएको खुलेको छ ।

आयोगले आज एक विज्ञप्ती जारी गर्दै सिँगो दलित समुदायलाई स्तब्ध बनाउने घटनाप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।

प्रतिक्रिया