बुधबार, वैशाख १२, २०८१

मनाइँदै विश्व प्रेस स्वतन्त्रता दिवस

नेपालखोज २०७८ वैशाख २० गते ९:०२

काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ नेपालमा पनि यस वर्षको स्वतन्त्रता दिवस मनाउन लागिएको हो ।

यसै सन्दर्भमा नेपाल पत्रकार महासंघले युनेस्कोसँगको सहकार्यमा भर्चुअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।कोरोना संक्रमणका कारण सामूहिक रूपमा भौतिक सहभागिता जनाएर कार्यक्रम गर्न सम्भव नदेखिएकोले कार्यक्रमको स्वरूप परिवर्तन गरेर भर्चुअल रूपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको महासंघले जनाएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विश्वभरका पत्रकारहरुको सबैभन्दा ठूलो छाता संगठन अन्तराष्ट्रिय पत्रकार महासंघ (आईएफजे)संग आबद्ध दक्षिण एशियाका पत्रकारहरुका संगठनहरुको सञ्जाल (साउथ एशियन मिडिया नेटवर्क)ले आजै दक्षिण एशियाको प्रेस स्वतन्त्रताको अवस्थाको बारेमा बार्षिक प्रतिवेदन सार्वजनिक गर्दैछ ।

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको पाइन्छ ।

प्रतिक्रिया