भारतका ६ राज्यमा चुनाव सकिएसँगै लकडाउन गरिँदै

काठमाडौं । भारतका पाँच राज्यमा विधानसभाको निर्वाचन र युुपीमा पञ्चायती निर्वाचनको परिणाम घोषणा भएलगत्तै देश पुुन लकडाउनमा जाने भएको छ । राष्ट्रिय टास्क फोर्सले आइतबार तत्काल देशभर पुनः दुुई साता लकडाउन गर्न सरकारलाई सिफारिस गरेको हो ।
हरियाणा र उडिसा लगायतका केहि राज्यमा लकडाउन घोषणासमेत भइसकको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् । करिव एक महिनाअघि देखिनै भारत कोरोना भाइरसको दोस्रो लहरसँग जुधिँरहेको छ ।
हरेक दिन तिब्र गतिमा फैलिरहेको कोरोना भाइरससँगै त्यहाँका अधिकांश राज्य चपेटामा परेका छन् । १२ राज्यमा संक्रमणको अवस्था सबैभन्दा गम्भिर अवस्थामा पुुगेको छ । जहाँ तत्काल लकडाउनको आवश्यकता देखिन्छ ।
पश्चिम बंगाल, असम, लमिलनाडुुसहित ५ राज्यमा विधानसभा चुुनाव र उत्तर प्रदेशमा पञ्चायत चुनाव भइरहेका कारण लकडाउनबारे निर्णय भएको थिएन ।
प्रधानमन्त्री नरेन्द्र मोदीले २० अप्रिलमा सम्बोधन गर्दै सरकारले लकडाउन नचाहेको बताएका थिए ।
तर हरियाणा राज्यमा भने आजदेखि लकडाउन घोषणा गरिएको छ । त्यहाँका गृहमन्त्री अनिल विजले सोमबारदेखि लागूू हुने गरि एक साताका लागि लकडाउन जारी गरिने घोषणा गरेका हुन् । यसैगरी ओडिसा सरकारले पनि १९ मेसम्म लकडाउनबारे निर्णय गर्ने भएको छ ।
प्रतिक्रिया