एक कोरोना सङ्क्रमितकाे मृत्यु
नेपालखोज
२०७८ वैशाख २० गते १४:०९

झापा । कोरोना सङक्रमणका कारण झापाको दमकका एक वृद्धाको मृत्यु भएको छ ।
नगरपालिका स्वास्थ्य शाखाका अनुसार एक सातादेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत दमक नपा– २ की ६५ वर्षीया एक वृद्धाको आज बिहान मृत्यु भएको हो ।
कोरोना सङ्क्रमणको नयाँ भेरियन्टका कारण यसअघि समेत दमकमा एक वृद्धको निधन भएको थियो । दमकमा आज बिहानसम्ममा नयाँ भेरियन्टका ७० सङ्क्रमित फेला परेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया