शनिबार, वैशाख ८, २०८१

१० मिनेट खुलेर हास्दा हुने ७ फाइदा यस्ता छन्

नेपालखोज २०७८ वैशाख २० गते १४:४३

काठमाडौं । तपाई पछिल्लो पटक खुलेर कहिले हास्नुभएको थियो, याद छ? सोच्न पर्छ, व्यस्त र तनावपुर्ण जिन्दगीमा हामीले जसरी हास्नै बिर्सिसक्यौ । जब कि हामी सबैलाई थाहा छ हास्न हाम्रो लागि कति जरुरी छ ।

हास्दा हरेक दिनको तनाव कम हुने मात्र होइन, हाम्रो काम पनि उर्जाका साथ सम्पन्न गर्न सकिन्छ । भनिन्छ, लाफ्टर इज द वेस्ट मेडिसिन । यो भनाई सोह्रै-आना सहि छ कि हास्नुभन्दा राम्रो औषधि कुनै छैन । यसले फिजिकल, मेन्टल र इमोशनल स्वास्थ्यलाई राम्रो राख्दछ ।

जिन्दगीको दौडानमा यदि तपाई १० मिनेट खुलेर हास्न सक्नुभयो भने तनाव र रोगबाट बच्न कुनै औषधिको आवश्यकता पर्दैन । त्यसैले जिन्दगिको गोरेटोमा हास्न नबिर्सनुहोस् ।

हरेक दिन हास्नुकाे फाइदा के हुन्छ तपाइ सोच्न पनि सक्नुहुन्न । एउटा साचाे र खुलेकाे हासो लामो समय हुदैन तर त्यसले शरिरका लागि ठुलो फाइदा गर्दछ । जिन्दगिमा जत्रो समस्या आए पनि तपाइ थोरै समय हास्नको लागि निकालिहाल्नुहोस् । त्यसले तपाईलाई मानसिकरुपमा आनन्द महशुस मात्र गराउदैन शरिरीकरुपमा पनि ठुलो फाइदा पुर्‍याउँछ।

जान्नुहोस् हास्नुका फाइदाहरु

१- सकरात्मक उर्जा

हासीमजाक गर्नाले मनको बोझ त हल्का हुन्छ नै, त्यसले तपाइमा सकरात्मक उर्जाको सञ्चार हुन्छ । यदि तपाई खुलेर हास्नुभयो भने तपाईको मांसपेशी कम्तिमा ४५ मिनेट आनन्दित हुन्छ । एक सकरात्मक व्यक्ति आफ्नो वरपर/नजिकै खुसी र हासो फैलाउँछ । त्यसैले तपाई पनि हास्नुहोस् नजिकै खुसी फैलाउनुहोस् ।

२- प्रतिरक्षा प्रणालीमा सुधार

एक अध्ययनकाअनुसार हासोले क्यान्सरवाला कोशिका–ब्याक्टेरियाको नष्ट गरिदिन्छ । जसमा भनिएको छ कि हास्दा अक्सिजन राम्रो मात्रामा मिल्छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

३- रोगबाट बचाउँछ

अर्को महत्वपुुर्ण फाइदा हो, रोग लाग्नबाट बच्ने । खासगरी डायबिटिज, ढाडसम्बधी बिरामीका लागि र तनाव लिइरहने व्यक्तिका लागि धेरै फाइदाजनक हुन्छ । हासोले गम्भिर रोगबाट बचाउन त सक्दैन तर रोगका किटाणुसँग लड्ने क्षमता वढाउँछ ।

४- रक्तसञ्चार राम्रो बनाउँछ

तपाइलाई थाहा नहुनसक्छ, हास्नुको सिधै सम्बन्ध रक्तसञ्चारमा हुन्छ । हास्दा मांशपेशीको आराम मिल्नुका साथै मुटुसँग जोडिएको रक्तनली (धमनी) लाइ रगतको प्रवाह सहि तरिकाले गराउन मद्दत पुग्दछ । जसले हृदयरोग लाग्न सक्दैन ।

५- तनाव कम गर्छ

यदि तपाइ थोरै मात्रै हास्नुभयो भने पनि तनाव कम भइहाल्छ । तपाई खुुलेर केहि समय निकालेरमा हासे दिनभरको तनाव नै कम हुन सक्छ । जसले ब्लड प्रेसर, हर्टट्याकजस्तो खतराबाट जोगाउँछ ।

६-अंग उत्तेजित गराउँछ

हास्दा तपाईको अक्सिजनयुक्त हावा लिने क्रम बढ्छ । जसले हृदय र मांसपेशी उत्तेजित गराउँछ ।

७- मुड सुुधार

कतिपय दिर्घरोगीहरु लामो समयदेखि तनावमा बाचिरहेका हुुन्छन् । जसका कारण उनीहरुको अनुुहारबाट हासो हराइसकेको हुन्छ । तर हास्दा लामोसमयको तनाव पनि टाढा भाग्छ र हरपल खुसी महशुस गर्न सकिन्छ ।

प्रतिक्रिया