शुक्रबार, वैशाख ७, २०८१

नेप्से १२ अंकले घट्दा सात अर्ब ५२ करोडकाे किनबेच

नेपालखोज २०७८ वैशाख २० गते १५:४८



काठमाडौं । नेप्सेको उच्च बृद्धिले साताको दोस्रो कारोवार दिन सोमबार भने निरन्तरता पाउन सकेन । अघिल्लो दिन ५४ अंकले बढेको नेप्से आज सोमबार १२ दसमलव ३५ अंकले घटेर २६ सय ५२ दसमलव ७५ अंकमा झरेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव ६९ अंंकले घटेर चार सय ७५ दसमलव १२ अंकमा पुुगेको छ । दुई सय १६ वटा कम्पनीहरुको ८८ हजार चार सय ८३ पटकको कारोवारमा एक करोड ५९ लाख आठ हजार चार सय ९९ कित्ता सेयर खरिद बिक्री हुंदा आज कुुल कारोवार रकम सात अर्ब ५२ करोड ९९ लाख ९० हजार एक सय ४६ रुपैयाँ पुुगेको छ ।

१३ वटा समुहको कारोवार भएकोमा आज लघुुबित्त र लगानी समुहको सुचकहरु क्रमश ६९ दसमलव तीन र शुन्य दसमलव ४९ अंकले बढेकाछन भने बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन ।

ति मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव ७८ अंकले घटेर १७ सय ८४ दसमलव २४ अंकमा पुुग्दा निर्जिवन बीमा समुहको सुचक पनि ८० दसमलव ९६ अंकले घटेर १३ हजार दुुई सय ८७ दसमलव ४९ अंकमा पुुगेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि ९० दसमलव ९५ अंकले घटेर १७ हजार चार सय ६९ दसमलव ४४ अंकमा पुगेकोमा बिकास बैंक, जल बिद्युुत, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन ।

आज बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिसतले बढेर छ हजार एक सय ६८ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार हुंदा जानकी फाईनान्सको प्रतिकित्ता सेयर मुल्य तीन दसमलव ६४ प्रतिसतले घटेर दुुई सय ६५ रुपैयाँमा कारोवार भएको छ ।

आज अपी पावर लिमिटेडको प्रतिकित्ता तीन सय ६८ रुपैयाँ अन्तिम मुल्यमा ३६ करोड ५८ लाख ४३ हजार सात सय ३९ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीह्रुको कुल कारोवार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया