शुक्रबार, चैत १६, २०८०

प्राविधिक समस्याले सेवा अवरुद्ध भएकामा रिचार्जरको क्षमायाचना

नेपालखोज २०७८ वैशाख ३१ गते १५:२३



काठमाडौं । इकमर्श प्लेटफर्म रिचार्जरले प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएकोमा क्षमा याचना मागेको छ । रिचार्जरले शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सम्म ह्याप्पी आवरमा ९९९ रुपैंयामा अक्सिमिटर उपलब्ध गराउने घोषणा गरेको थियो ।

जसका कारण रिचार्जरको मोबाइल एप तथा वेब पोर्टलमा एकै समयमा लाखौंको संख्यामा आएको ट्राफिकका कारण एप तथा पोर्टल तत्कालका लागि अवरुद्ध हुन पुगेको छ ।

यसबाट आम सेवाग्राहिमा पर्न गएको असुविधाप्रति रिचार्जरले माफी मागेको छ । दुवै प्लेटफर्ममा देखिएको समस्या निराकरणको काम भईरहेको बताउँदै ग्लोबल कि टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले सेवाग्राहीसँग क्षमा याचना मागेका छन् । एप सुचारु भए पछि पुर्वनिर्धारित मूल्यमा नै अक्सिमिटर उपलब्ध गराउने उनले जानकारी दिए ।

उनका अनुसार शुक्रबार ५ घण्टाका लागि मात्र बुकिङ तथा अर्डर लिने व्यवस्था गरिएकोमा एप सुचारु भए पछि सामान्य अवस्थामा पनि सोही मूल्यमा अक्सिमिटरका साथै अन्य कोभिड सम्बन्धि वस्तु तथा उपकरण उपलब्ध हुनेछ ।

प्रतिक्रिया