गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखकाे पद गुम्याे

नेपालखोज २०७८ वैशाख २० गते १७:२१

काठमाडौं । सरकारको सिफारिसमा गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुख पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम प्रदेशका प्रमुख सर्मिला पन्त त्रिपाठी र गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै प्रमुखलाई पदमुक्त गरेकी हुन् । नयाँ प्रदेश प्रमुखको नाम पुगिसकेको केही बेरमा शपथ हुने राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया