बुधबार, वैशाख १२, २०८१

त्रिशूलीमा बेपत्ताको शव फेला

नेपालखोज २०७८ वैशाख २० गते १८:२५

भरतपुर । नदीमा बेपत्ता भएको चार दिनपछि एक जनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१ स्थित त्रिशूलीमा पौडी खेल्ने क्रममा यही वैशाख १७ गतेदेखि बेपत्ता भएका युवकको शव आज फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई भरतपुर महानगरपालिका–१ रामनगरमा रहेको पूजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोष भनिने चामबहादुर सुनारी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । ठिमुरास्थित नदीमा पौडी खेल्ने क्रममा बेपत्ता उनको घटनास्थलबाट ६०० मिटर नारायणगढतर्फ शव फेला परेको हो ।रासस

प्रतिक्रिया