एकै दिन पदमुक्त, सिफारिस र शपथसम्म

काठमाडाैं । सरकारले प्रदेशप्रमुखहरूकाे एकै दिनमा पदमुक्ति, सिफारिस र शपथसम्म गर्न भ्याएकाे छ । सरकारले राजनीतिक नियुक्तिमा तातै खाने छिटाे मर्ने रणनीति लिएकाे छ । हुन त काेराेनाकाे कारण मरी पाे हालिन्छ कि भन्ने पनि छ । त्यसैले पनि हाेला सरकार यसरी हतारमा लगेकाे हाेला । गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।आज मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै पौडेल र यादवलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपतिले गण्डकी प्रदेशमा पौडेल र सुदूरपश्चिम प्रदेशमा यादव प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्तलाई हटाएर उनीहरुलाई नियुक्त गरिएको हो ।
गण्डकी र सुदूर पश्चिममा माओवादी निकट प्रदेश प्रमुखहरु रहेकोमा उनीहरुलाई हटाएर एमाले निकटलाई ल्याइएको हो । गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएकी पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन् । यसैगरी यादव राप्रपा नेपालका तर्फबाट यसअघि उपसभामुख भएका थिए । पछिल्लो समय उनी नेकपा एमालेमा लागेका छन् ।

प्रतिक्रिया