शुक्रबार, वैशाख १४, २०८१

मन्त्रालयले ताेकिदियाे श्रमिककाे न्यूनतम ज्याला

नेपालखोज २०७८ वैशाख २० गते २०:२६

काठमाडाैं । श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चिया बगान बाहेकका श्रमिकका लागि छुट्टै नयाँ पारिश्रमिक ताेकिदिएकाे छ । मन्त्रालयले एक सूचना जारी गर्दै कानुनले दिएकाे धारा बमाेजिम न्यूनतम पारिश्रमिक ताेकेकाे हाे । मन्त्रालयले आधारभूत पारिश्रमिक र महंगी भत्ता गरी पारिश्रमिकको निर्धारण गरेको बताएको छ । जसमा दैनिक ज्याला र प्रतिघण्टा ज्यालाकाे रकम पनि ताेकिदिएकाे छ । अन्यत्र पनि मजदुरकाे पारिश्रमिक ताेक्दा मन्त्रालयले ताेकेभन्दा कम नगराउन पनि मन्त्रालयले अपिल गरेकाे छ । मजदुरकाे सञ्यकाेष उपदान लगायत सुविधा दिन पनि मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले ताेकिदिएकाेभन्दा कम ज्यालामा सम्झाैता नगर्न पनि सूचनामा भनिएकाे छ । हेराैं कस्ताे छ मन्त्रालयकाे सूचनाः

प्रतिक्रिया