रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेलाई कारबाहीको चेतावनी
नेपालखोज
२०७८ वैशाख २१ गते ९:३३

काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
विभागका महानिर्देशक वसन्त भट्टराईले सूचना जारी गर्दै रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारबाही गरिने बताए । उनले सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरि अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारबाही गरिने बताए ।
विभागले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण नगर्न÷नगराउन तथा तोकेको खुद्रा मूल्यभन्दा बढीमा खरिद नगर्न सबैमा आग्रहसमेत गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया