शुक्रबार, पुष ४, २०८२

काठमाडौंमा आइसोलेसनसहितको अस्पताल निर्माण गर्न समिति गठन

नेपालखोज २०७८ वैशाख २१ गते ९:३७

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न वडा नम्बर ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ ।

समितिको सदस्यमा वडा नम्बर ६ का अध्यक्ष दीपेन्द्र लामा, ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन, ३० का अध्यक्ष दलबहादुर कार्की र ३१ का अध्यक्ष नारायण भण्डारी रहेका छन् ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार बसेको ६१औँ कार्यपालिका बैठकमा ‘कोभिड १९ महामारी व्यवस्थापन’ सम्बन्धमा छलफल गरी कोभिड अस्पताल सञ्चालनमा जोड दिइएको हो ।

समितिले आइसोलेसन सञ्चालन वडा तहबाट गर्ने कि महानगर तहबाट गर्ने, बिरामीलाई अक्सिजन मात्र दिएर सामान्य उपचार गर्दा हुने र जटिल स्वास्थ्य समस्या भएकालाई उपचार गर्न आवश्यक उपकरणसहितको उपचारकक्ष निर्माण गर्ने विषयमा सिफारिस गर्नेछ ।

प्रतिक्रिया