बिहीबार, वैशाख २०, २०८१

इंग्लिस प्रिमियर लिग : वेस्ट ह्‌यामको पुनरागमन जित

नेपालखोज २०७८ वैशाख २१ गते ९:४८

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा वेस्ट ह्यामले बर्नलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

बर्नलीको मैदानमा एक गोलको अग्रता उल्टाएर वेस्ट ह्यामले जित निकालेको हो । खेलको १२ औं मिनेटमा क्रिस उडले पेनाल्टीमा गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए । तर, माइकल एन्टोनियो चम्किएपछि वेस्ट ह्यामले पुनरागमन जित दर्ता गरेको हो ।

खेलको २१ औं मिनेटमा एन्टोनियोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । खेलको २९ औं मिनेटमा एन्टोनियोले व्यक्तिगत दोस्रो गोल गर्दै वेस्ट ह्यामलाई २–१ को जित दिलाए । जितसँगै वेस्ट ह्यामले च्याम्पियन्स लिगको आशा जीवितै राखेको छ ।

वेस्ट ह्याम ३४ खेलमा ५८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । बर्नली ३६ अंक जोडेर १६ औं स्थानमा रहेको छ । अर्को खेलमा उल्भ्सले वेस्ट ब्रुमसँग १–१ गोलको बराबरी खेलेको छ ।

प्रतिक्रिया