रसुवाकाे धुन्चेमा बन्याे रंगशाला
नेपालखोज
२०७८ वैशाख २१ गते १०:१३

काठमाडाैं । रसुवा जिल्लाको गोसाइकुन्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा रंगशाला निर्माण भएकाे छ । रंगशाला कूल एक करोडको लागतमा निर्माण भएको हाे । खेलकुद प्रबर्धन गर्न रसुवामा यसरी रंगशाला बनाइएकाे हाे ।
यसकाे लागि वागमती प्रदेश सरकारले ६५ लाख सहयाेग दिएकाे बताइएकाे छ ।
त्यसैगरी गोसाइकण्ड गाउँपालिकाले ३५ लाख यसमा खर्च गरेकाे थियाे । गाउँपालिका र प्रदेश सरकारकाे समन्वयमा एक करोडको लगानीमा रंगशाला निर्माण भएको हो।
खेल मैदानमा हाइ जम्प, दौड, फुटबल, भलिबल, शारीरिक व्यायाम गर्न मिल्ने गाउँपालिकाले बताएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया