शुक्रबार, वैशाख ७, २०८१

कमब्याक प्रस्तुतिमार्फत अमेरिकी आइडल गएका अर्थर गन शीर्ष सातमा

नेपालखोज २०७८ वैशाख २१ गते १०:४१

काठमाडौं । नेपाली गायक दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको शीर्ष सातमा पुग्न सफल भएका छन्। उनी ‘कोको’ फिल्मको ‘रिमेम्बर’ बोलको गीत गाएर शीर्ष सातमा प्रवेश गरेका हुन्।

निर्णायक तथा गायिका केटी पेरीले अर्थर गनको सो प्रस्तुति अहिलेसम्मको सबैभन्दा उत्कृष्ट भनेर तारिफ गरेकी छिन्। अर्थर गनले यसपटकको अमेरिकन आइडलमा कमब्याक प्रस्तुतिमार्फत शीर्ष १० मा प्रवेश गरेका थिए। गत वर्ष उनी उपविजेता भएका थिए।

यसपटक अमेरिकन आइडलले गत वर्षका १० सहभागी कलाकारलाई कमब्याक प्रस्तुतिमार्फत् यस सिजनको शीर्ष १० मा प्रवेश गर्ने मौका दिएको छ। फेरि अमेरिकन आइडलमा फर्कंदाको अनुभवबारे उनले भनेका थिए, ‘सुरुमा मलाई अचम्म लाग्यो। फेरि यही स्टेजमा गाउन पाउँछु भन्दा खुसी पनि लाग्यो।’ उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो खुसी साटेका छन्।

प्रतिक्रिया