आईपीएल क्रिकेट : मुम्बई र हैदरावाद भिड्दै
नेपालखोज
२०७८ वैशाख २१ गते १०:५०

दिल्ली । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ । दिल्लीमा हुने खेलमा मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।
मुम्बई र हैदरावादबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ । आज मुम्बई पाँचौ जित निकाल्ने योजनासहित मैदान उत्रने छ । मुम्बई ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ । हैदरावाद भने दोस्रो जित निकाल्ने योजनामा हुनेछ । हैदरावाद ७ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।
दुई टिमबीचको पछिल्लो पाँच खेलमा मुम्बई ४ खेल जितेको छ । हैदरावादले १ खेल जितेको छ ।
सम्बन्धित
प्रतिक्रिया