बिहीबार, वैशाख २३, २०७८

आईपीएलका सबै खेल स्थगित

नेपालखोज २०७८ वैशाख २१ गते १३:५७

 काठमाडाैं । प्रिमियर लीग (आईपीएल) का खेलहरू निलम्बन गरिएको भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् । बीसीसीआई स्रोतहरूको दाबी दिँदै यस्ताे खबर बाहिरिएको हो ।

विभिन्न टीमका खेलाडीमा कोरोना संक्रमण देखिएपछि यो निर्णय लिइएको बताइएको छ । यसै सन्दर्भमा भारतीय क्रिकेट बाेर्डले यस सिजनकाे आईपीएल निलम्बन गरेकाे पनि खबर बाहिरिएकाे छ । बाेर्डकाे निर्णय भने समाचार तयार गर्दासम्म बाहिरिएकाे छैन ।  

प्रतिक्रिया