मंगलबार, वैशाख ४, २०८१

नेप्सेमा झिनो अंकको सुधार

नेपालखोज २०७८ वैशाख २१ गते १५:५७


काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १२ दसमलव ३५ अंकले घटेको नेप्से साताको तेस्रो कारोवार दिन आज मंगलबार भने एक दसमलव ९४ अंकले बढेर २६ सय ५४ दसमलव ६९ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ३२ अंंकले बढेर चार सय ७५ दसमलव ४४ अंकमा पुुगेको छ ।

नेप्सेमा आज दुुई सय १३ वटा कम्पनीहरुको ६८ हजार तीन सय १९ पटकको कारोवारमा एक करोड ३० लाख १५ हजार एक सय ८३ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम छ अर्ब पाँच करोड २२ लाख ३६ हजार आठ सय ११ रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बंैंक समुहको सुचक सात दसमलव ६४ अंकले घटेर एक हजार सात सय ७६ दसमलव ६० अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि ३६ दसमलव ६१ अंकले घटेर १३ हजार दुई सय ५४ दसमलव दुुई अंकमा पुुगेको छ ।

विकास बैंक, जीवन बीमा, होटल तथा पर्यटन, फाईनान्स र अन्य समुहको सुचक पनि घटेकाछन् । लघुुवित्त समुहको सुचक भने आज एक सय ३७ दसमलव ८२ अंकले बढेर पाँच हजार पाँच सय २९ दसमलव ८८ अंकमा पुुग्दा जलबिद्युुत समुहको सुचक पनि ३० दसमलव ९२ अंकले बढेर २६ सय १२ दसमलव एक अंकमा पुुगेको छ ।

यि बाहेक ट्रेिडङ, उत्पादनमुुलक, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन् । आज समता लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर छ सय पाँच रुपैयाँमा कारोवार हुंदा चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य भने एक दसमलव ९८ प्रतिसतले घटेर १९ सय ३० रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी आज नेपाल क्रेडिट एण्ड कर्मस बैंकको प्रतिकित्ता तीन सय ६८ रुपैयाँ अन्तिम मुल्यमा २३ करोड नौ लाख ६४ हजार चार सय ८५ रुपैयाँँको कारोवार भएको छ ।

प्रतिक्रिया