उपत्यकाबाट गाउँ फर्किँदै हुनुहुन्छ ? स्थानीय तहको सिफारिस लिन नभुलाैं
नेपालखोज
२०७८ वैशाख २१ गते १६:५३

काठमाडौं । काठमाडौं उपत्यकाबाट गाउँ फर्किँदै हुनुहुन्छ भने अब सम्बन्धित स्थानीय तहको सिफारिस लिन अनिवार्य भएकाे छ ।
मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेकाे थियाे । साे बैठकले उपत्यका बाहिर जानेसँग सम्बन्धित स्थानीय तहको सिफारिस भएमात्र जान दिन भनेकाे छ ।
सम्बन्धित स्थानीय तहले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता जनाउनु पर्ने पनि बैठकले माग गरेकाे हाे ।
बढ्दाे जाेखिमलाई ख्याल गर्दै स्थानीय तहसँग समन्वय गर्नुपर्ने बैठकले माग गरेकाे हाे ।
सम्बन्धित
प्रतिक्रिया