कोरोना अपडेट : एकैदिन ५५ जनाको मृत्यु, ७६६० जनामा संक्रमण पुष्टि

नेपालखोज २०७८ वैशाख २१ गते १७:२६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ३ हजार ४१७ पुगेको छ ।

त्यस्तै वितेको २४ घण्टामा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ५७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ ।

प्रतिक्रिया