काठमाडौं उपत्यकामा एकैदिन थपिए ३८ सय ९३ कोरोना संक्रमित

नेपालखोज २०७८ वैशाख २१ गते १७:४१

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३८ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २७ सय ७९, भक्तपुरमा ५१३ र ललितपुरमा ६०१।जनामा गरी कुल ३८ सय ९३ जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३६ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया