पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार

नेपालखोज २०७८ वैशाख २१ गते १८:१८


काठमाडाैं । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

उनको हाल आइसियूमै राखेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको छ, अस्पातलले भनेको छ ।

नर्भिक अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया