बिहीबार, वैशाख १३, २०८१

दीपिकाका बुबा प्रकाशलाई कोरोना संक्रमण

नेपालखोज २०७८ वैशाख २१ गते १८:३२

मुम्बई । ब्याडमिन्टनका अन्तर्राष्ट्रिय खेलाडी तथा बलिउड अभिनेत्री दीपिका पादुकोणका बुबा प्रकाश पादुकोणलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशको अहिले बेंगलुरुस्थित भगवान् महावीर जैन अस्पतालमा उपचार भइरहेको छ । उनलाई केही दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको स्रोतलाई उद्धृत गर्दै एबीपी न्युजले जनाएको छ । प्रकाशको स्वास्थ्य अवस्था पहिलाको भन्दा निकै सुधारउन्मुख भइरहेको छ । अस्पतालले पनि यही साताभित्र डिस्चार्ज गर्न सक्ने समाचारमा जनाइएको छ ।

स्रोतका अनुसार दीपिकाका बुबा प्रकाशसँगै उनकी आमा उज्ज्वला र बहिनी अनिशामा पनि कोरोना संक्रमण देखिएको थियो । अहिले आमा र बहिनी सन्चो भएर घरमै आराम गरिरहेका छन् ।

६५ वर्षीय ब्याडमिन्टनका पूर्वखेलाडी प्रकाश सन् १९८० मा पहिलो वरीयताका खेलाडीको स्थानमा थिए । सन् १९७८ मा क्यानडामा भएको कमन वेल्थमा प्रकाशले ब्याडमिन्टनको एकल (सिंगल) प्रतिस्पर्धामा स्वर्ण पदक जितेका थिए ।

प्रतिक्रिया