कर्णाली संक्रमण घटाउन निषेधाज्ञाको समयावधि थप
नेपालखोज
२०७८ वैशाख २२ गते १:००

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि निषेधाज्ञा थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले यही बैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा थपिएको आदेश जारी गरेको छ । प्रशासनले यसअघि वैशाख १४–२१ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो ।
कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका निम्ति जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेर एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया