कोरोनासँग लड्न भारतीय रिजर्व बैंकको घोषणा

नेपालखोज २०७८ वैशाख २२ गते १२:०२

एजेन्सी । भारतीय रिजर्व बैंक अफ इन्डिया (आरबीआई)का गर्भनर शक्तिकान्त दासले कोरोना महामारीका बेला मानिसले कुनै पनि प्रकारको दुुखको सामना गर्नुपर्ने बताएका छन् ।

आरबीआईले अर्थव्यवस्थालाई सन्तुुलनमा राख्ने प्रयासस्वरुप केहि घोषणासमेत गरेको छ । सम्बोधनका क्रममा गर्भनर दासले गत वर्षको तुुलनामा यो बर्ष संक्रमण वढे पनि कोरोनाविरुद्ध लड्नका लागि फरक रणनीति अपनाएका कारण अर्थतन्त्र बचाउन सकिने बताएका छन् ।

बीबीसी हिन्दीले समाचारमा जनाएअनुसार विभिन्न तथ्यांक प्रस्तुत गर्दै उनले यसबर्षको अर्थ व्यवस्थाको अवस्था राम्रो रहेको जनाए । उनले यो पनि भने कि मौशम सामान्य रहेका कारण खाद्य सामग्रीको मुल्यसमेत यथावस्थामा रहने सम्भावना रहेको दाबी गरेका छन् ।

गर्भनर दासले निर्याद वढेको मात्र उल्लेख गरेनन् विदेशी मुुद्रा संञ्चित रहेको पनि बताए । भारतका आत्मविश्वास वढेको भन्दै उनले अर्थव्यवस्थाको सुुधारको लागि र कोरोनाको दोस्रो लहरसँग लड्न मद्दत पुुगोस् भन्ने उदेश्यले केहि घोषणासमेत गरेका छन् ।

प्रतिक्रिया