कोरोना बढेपछि अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने तयारी

काठमाडौं । मुलुकमा हाल कोरोना संक्रमणदर दैनिक बढ्दो छ । संक्रमण नियन्त्रणका लागि विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरिपनि संक्रमित संख्या थपिने क्रम दैनिक बढ्दो छ । देशमा कोरोना संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव हुन सक्ने विश्लेषण गर्दै सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई फिर्ता बोलाउने गरी तयारी थालेको छ ।
सेनाले जुनसुकै बेला पनि बोलाइन सक्ने भन्दै तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ । सेनाले हाल नेपालमा बढीरहेको कोरोनाको संक्रमणलाई मध्यनजर राख्दै यसको नियन्त्रण तथा रोकथामको लागि विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारीहरु गर्दै आएको छ ।
यसैक्रममा जङ्गी अड्डामा प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन जारी गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया