आइतबार, जेठ ६, २०८१

मावि तहमा १५ सय ४७ शिक्षकका लागि आवेदन खुल्यो

नेपालखोज २०७८ मंसिर २९ गते १०:५८

काठमाडौं । माध्यामिक तहको लागि १५ सय बढी नयाँ शिक्षकहरूको खुला प्रतिस्पर्धाद्वारा पदपुर्ति हुने भएको छ । शिक्षक सेवा आयोगको सूचना अनुसार माध्यामिक तह तृतीय श्रेणीको लागि १५ सय ४७ जना शिक्षकहरूको खुला प्रतिस्पर्धाद्वारा पदिपूर्तिका लागि विज्ञापन खुलाइएको हो ।

नेपाली विषयमा २ सय ३१ जना अंग्रेजीमा , ३ सय १२, गणितमा २ सय ८९, विज्ञानमा ४ सय ३५ जना, सामाजिक विषयमा २ सय १ र अर्थशास्त्रमा १० जनाको लागि विज्ञापन सार्वजनिक गरिएको छ ।

यस्तै कार्यालय सञ्चालन तथा लेखा विषयमा ५१ जना, शिक्षामा एक जना, शुक्लयजुर्वेदमा दुई, स्वास्थ्यमा दुई , संस्कृत व्याकरणमा २, संस्कृत भाषामा ३, संस्कृत साहित्यमा १, कम्प्युटर विज्ञान ६ र न्याय विषयको लागि एक जना शिक्षकका लागि आवेदन भर्न भनिएको छ ।
आयोगले खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपांगता र पिछडिएको क्षेत्रका लागि कोटा तोकिएको पनि आयोगले जनाएको छ । आवेदन पुस २९ गतेसम्म दिन सकिने छ ।

प्रतिक्रिया