सोमबार, वैशाख १७, २०८१

नेपालमा कोरोनाको नयाँ रेकर्ड : एकैदिन ८,६५९ मा संक्रमण पुष्टि, १,९९३ जना डिस्चार्ज

नेपालखोज २०७८ वैशाख २२ गते १६:२७

काठमाडौं । नेपालमा कोरोनाले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो २४ घण्टामा एकैदिन ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ

त्यस्तै पछिल्लाे २४ घण्टामा एक हजार नाै सय ९३ जना उपचारपछि डिस्चार्ज भएका छन् । कोरोना सङ्क्रमणमुक्त हुनेको दर ८० दशमलव ६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट देशभर थप ५८ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया