सोमबार, वैशाख १७, २०८१

नेपालगन्ज मेडिकल अस्पतालले कोरोनाका थप बिरामी भर्ना नगर्ने

नेपालखोज २०७८ वैशाख २२ गते १६:५६

काठमाडौं । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नलिने भएकाे छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने अस्पतालले जनाएको छ ।

नेपाल मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका सम्पूर्ण अन्य सेवा बन्द गररी ३ सय शय्यासम्मको कोभिड अस्पताल तयार गरिएको भएपनि अक्सिजनको अभावमा कारण १३५ शय्या मात्रै सञ्चालनमा ल्याउन सकेको विज्ञप्ति मार्फत जनाएको छ ।

अस्पतालमा हाल १३३ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया