नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान बन्द
नेपालखोज
२०७८ वैशाख २३ गते ८:४६

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाइ उडान आजदेखि बन्द हुने भएको छ ।
देशभर एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको काठमाडौंको त्रिभुुवन विमानस्थलबाट आज राति १२ बजेदेखि सबै उठान रोकिने भएको हो ।
वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार आजदेखि बैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिक उडान भने बैशाख २१ गते राति देखि नै बन्द गरिसकिएको छ ।
अत्यावश्यक पर्दा भने आन्तरिक तथा बाह्य चार्टर उडान हुनेछ । हिजो मात्रै आन्तरिकतर्फ दुई जहाज कम्पनी तथा १० हेलिकप्टर कम्पनीले ४१ उद्धार उडान गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया